Mon. Aug 3rd, 2026

अमेरिकाले विश्व स्वास्थ्य संगठनको सहायता रोक्नु सम्पूर्ण मानव जातिमाथिकै अपराध

       

काठमाडौं , २०७७ बैशाक ५ गते शुक्रबार

विश्वप्रख्यात चिकित्सा पत्रिका “द लेन्सेट”का सम्पादक डा. रिचार्ड होर्टनले १५ तारिख सार्वजनिक आदान-प्रदान मिडियामार्फत अमेरिकाले विश्व स्वास्थ्य संगठनको सहायता रोक्नु सम्पूर्ण मानव जातिमाथि अपराध गरेको टिप्पणी गर्नुभएको छ। उहाँले यस्तो विश्व एकताका लागि विद्रोही गतिविधिको कडा विरोध गर्न हरेक वैज्ञानिक, चिकित्साकर्मी र सामान्य व्यक्तिलाई समेत आह्वान गर्नुभएको छ।

होर्टनले अमेरिकी राष्ट्रपतिले विश्व स्वास्थ्य संगठनलाई लगाएको आरोप सत्य नरहेकाले राष्ट्रपतिलाई सच्याएर सत्य कुराको पक्षमा उभिनुपर्ने अमेरिकी राष्ट्रिय सरुवा रोग अनुसन्धान कार्यालयका प्रमुख आन्थोनी फुचीसँग पनि आह्वान गर्नुभएको छ भनि सीआरआई नेपाली सेवाले समाचार लेखेको छ ।

Facebook Comments