Mon. Feb 16th, 2026

मर्निङ वाक होइन, पुस अप गर्नुस्-सशस्त्र प्रहरीको सजाय

       

भैरहवा, २०७७ बैशाक ४ गते बिहीबार

सरकारले घोषणा गरेको लक डाउनलाई उल्लंघन गर्दै बिहीबार विहान मर्निङवाक गर्ने व्यक्तिहरुलाई सशस्त्र प्रहरीले ‘पुस अप’ गराएर सजायँ दिएको छ ।

समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जनालाई पुस अप गराएर सजायँ दिएर अवदेखि घरमै बस्न सचेत गराएर छाडिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेडक्वाटर रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बाइपास रोडमा भेटिएका उनीहरुलाई सम्झाई बुझाई गरेपश्चात अव घरबाट बाहिर ननिस्कने शर्तमा घर पठाइएको शाहीले बताउनुभयो ।

लक डाउनलाई पूर्णरुपमा पालना गर्न प्रहरी अझ प्रभावकारीरुपमा परिचालित हुने पनि उहाँले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read