Fri. Dec 27th, 2024

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको पहिलो बैठकदेखि ५६२१ वटा प्रस्ताव पारित

काठमाण्डू, २०८० फागुन २२ गते मंगलबार । चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको १४ औं राष्ट्रिय समितिको पहिलो बैठकदेखि कुल ५ हजार ६ सय २१ वटा प्रस्ताव पारित भएका छन्। ती मध्ये ४ हजार ७ सय ९१ जाँचबुझ गरिएका छन्।

फेब्रुअरीको अन्त्यसम्म ९९.९ प्रतिशत प्रस्तावमा प्रस्तावकलाई जवाफ दिइसकेका छन्। हिजोदेखि सुरु भएको सो सम्मेलनमा सहभागी प्रतिनिधिहरु उत्सुकताकासाथ आ-आफ्ना क्षेत्रका समस्याहरुको पोको फुकाउने र ती समस्याहरुको समाधानका विषयमा आवश्यक परामर्श गर्न जुटेका छन् ।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन चिनियाँ विशेषतायुक्त व्यवस्था हो। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग र राजनीतिक परामर्श सम्बन्धी महत्वपूर्ण संस्था हो। चिनियाँ राजनीतिक जीवनमा सम्पूर्ण प्रक्रियागत जनताको प्रजातन्त्रको साकार गर्ने महत्वपूर्ण तरिका हो र राष्ट्रिय शासन प्रणालीमा महत्वपूर्ण विभाग हो।

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति यो व्यवस्थाप व्यवहारमा उतार्ने राष्ट्रिय संस्था हो। यो चिनियाँ कम्युनिष्ट पार्टी, विविध प्रजातान्त्रित पार्टीहरू, गैर-पार्टीका व्यक्तिहरु, जन समुदाय, विविध अल्पसंख्यक जाति र विविध क्षेत्रका प्रतिनिधिहरू, थाइवान देशबन्धु, हङ्कङ तथा मकाउ देशबन्धु र विदेशबाट फर्केका चिनियाँहरूका प्रतिनिधि र विशेष निमन्त्रणा गरिएका व्यक्तिहरूबाट गठित हो। सीएमजी

Facebook Comments