Fri. May 3rd, 2024

तीन जना मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

भिओके समाचार/काठमाण्डू, २०८० फागुन २१ गते सोमबार । नेपाली कांग्रेस, नेपका एकीकृत समाजवादी लगायतका दलहरुसँगको गठबन्धनबाट अलगभइ नेकपा एमालेसँग नयाँ गठबन्धन गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा ३ जना मन्त्रीहरु नियुक्त गर्नुभएको छ । यसरी नियुक्त भएका तीनै जना मन्त्रीहरुले भख्खरै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरको विज्ञप्ती अनुसार आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । तर नयाँ मन्त्रीहरुको कार्यविभाजन भने पछि तोकिने जनाईएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएलगत्तै सत्ता राजनीतिले नयाँ मोड लिएको हो ।

केही हप्तादेखि नेपाली कांग्रेससँग भैरहेको पदीय भागभण्डाको हिसाव किताव नमिलेपछि प्रचण्डले नयाँ गठबन्धन बनाउनु भएको स्रोतको भनाई छ । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलका एक एक जनालाई सहभागी गराई मन्त्रिपरिषद गठन गर्नुभएको हो ।

Facebook Comments