Sun. May 12th, 2024

प्रधानसेनापतिद्वारा दज्र्यानीचिह्न प्रदान   

काठमाण्डू, २०८० फागुन १३ गते आईतबार । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नति हुनुभएका सुनिल श्रेष्ठ, अनुपजङ्ग थापा र प्रकाश देउजालाई आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा दज्र्यानीचिह्न प्रदान गर्नुभयो ।

पदोन्नतिसँगै उपरथी श्रेष्ठ मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्को चिवालयको सहसंयोजक र उपरथी देउजा संभाररथी विभागमा नियुक्त हुनुभएको छ । उहाँहरू सरकारको यही फागुन ६ गतेको निर्णयअनुसार उपरथीमा पदोन्नति हुनु भएको हो ।

दज्र्यानीचिह्न प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो । रासस

Facebook Comments