Mon. Dec 23rd, 2024

कठाङ्ग्रिदो जाडोले मङ्गोलियामा २० लाख भन्दा बढी पशुको मृत्यु  

उलान बातोर, २०८० फागुन १३ गते आईतबार । मङ्गोलियामा यस वर्षको हिउँदमा अत्यधिक चिसो मौसमका कारण २० लाख पशुको मृत्यु भएको छ । राज्य आपतकालीन आयोग (एसईसी) ले शनिबार जनाए अनुसार देशभर ‘दिजुद’ चिसोका कारण कम्तिमा २० लाख २ हजार पशुको मृत्यु भएको छ ।

“दिजुज” मङ्गोलियन शब्द हो जुन कडा चिसो जाडो बुझाउन प्रयोग गरिन्छ । जमिन चिसोले जमेको वा हिउँले ढाकिएका कारण यहाँ लाखौ पशुपक्षीको निधन भएको छ । देशको मौसम अनुगमन एजेन्सीका अनुसार हालसम्म देशको ८० प्रतिशतभन्दा बढी भूभाग हिउँले ढाकेको छ ।

संसारमा अन्तिम जीवित घुमन्ते देश (नोमाडिक) देशको रूपमा चिनिने मङ्गोलियाले हालै कडा जाडो र पशुधनको क्षतिको कारण उच्च सतर्कता अपनाएको छ। भूपरिवेष्ठित देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्न पशुपालनको प्रवर्द्धनलाई सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या ६४.७ मिलियन थियो। सिन्ह्वा

Facebook Comments