Sat. Apr 27th, 2024

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला

काठमाण्डू, २०८० फागुन १२ गते शनिबार । काठमाण्डूको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ ।

उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु काठमाण्डूको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

“हराएको नवजात शिशु भक्तपुरको काँडाघारीमा फेला परेको छ”, उहाँले भन्नुभयो, “बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौँ ।”

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-३ घर भई हाल काठमाण्डूको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो । रासस

Facebook Comments