Thu. May 9th, 2024

प्रधानमन्त्रीद्वारा कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्गे पुल उद्घाटन

धनुषा, २०८० फागुन १२ गते शनिबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ ।

सिरहा नगरपालिका-१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका-६ कठाल जोड्ने कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गर्नुभएको हो । करिब रु २८ करोड ८५ लाखको लागतमा निर्मित पुलको भारवहन क्षमता पाँच सय ४० मेट्रिक टन छ । चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै सञ्चालन गर्न सकिन्छ ।

यसैबीच, स्थानीय प्रशासनले पुलको दीर्घकालीन उपयोगका निम्ति भारवहन गर्ने सवारीसाधन टेम्पोलगायत साधन तीव्रगतिमा नचलाउन र साइकल, मोटरसाइकल पनि डो¥याएर नदी पार गर्न सम्बद्ध सबै प्रयोगकर्तामा अनुरोध गरेको छ । रासस

Facebook Comments