Sun. Apr 28th, 2024

पूर्वी चीनमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

काठमाण्डू, २०८० फागुन १२ गते शनिबार । पूर्वी चीनको चियाङ्सु प्रान्तको राजधानी नानचिङमा रहेको एउटा आवासीय भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको स्थानीय सरकारले आज बिहान जनाएको छ ।

समाचार एजेन्सी ए.एफ.पी.का अनुसार उक्त घटनामा कम्तीमा ४४ जना घाइते भएका बताइएको छ । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । शुक्रबार राति स्थानीय दमकल विभागलाई एउटा आवासीय भवनमा आगलागी भएको सूचनापछि घटनास्थलमा पुगेका अग्नि नियन्त्रकहरूले आगलागीलाई करीब दुई घण्टामा नियन्त्रणमा लिएको जनाएका छन् ।

प्रारम्भिक अनुसन्धानमा उक्त भवनको पहिलो तल्लामा आगलागी भएको र उक्त स्थानमा विद्युतीय साइकलहरू राखिएको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments