Sat. Jul 6th, 2024

अमेरिका कोरोनाबाट नराम्रोसँग थलियो, २० हजार ५ सय ७७ जनाको मृत्यु

- ५ लाख ३२ हजार ८ सय ७९ संक्रमित

काठमाडौं, २०७६ चैत ३० गते आईतबार

विश्वकै सर्वसक्तिमान राष्ट्र अमेरिका कोरोना भाइरसबाट भने नराम्रोसँग थलिएको छ ।

आईतबार विहानसम्मको जानकारी अनुसार त्यहाँ २० हजार ५ सय ७७ जनाको मृत्यु भैसकेको छ । यो संख्या इटाली र स्पेनको भन्दा पनि बढी हो । समाचार एजेन्सीहरुका अनुसार अमेरिकामा ५ लाख ३२ हजार ८ सय ७९ जनामा कोरोना सक्रमण भेटिएको छ । यो संख्या घट्नुको साटो दिनरात बढ्नुले त्यहाँ अकल्पनिय मानवीय क्षति हुन सक्ने देखिन्छ ।

चीनमा कोरोना भाइरसले ठूलो क्षती गराईरहँदा अमेरिकाले खासै चासो नगर्नु र अमेरिकामा सो भाइरसले संक्रमण पार्ने तर्फ अलिकती पनि ध्यान नदिएबाट नै आज अमेरिकी जनताले यो असहनीय पीडा भोग्नु परेको विश्लेषकहरुको धारणा छ । अर्को तर्फ मानवअधिकार र स्वतन्त्रताको अहं बोकेर हिड्नेहरुबाट पनि कोरोनाले सजिलै अमेरिकामा फैलने मौका पाएको बुझ्न समय लाग्दैन ।

पछिल्लो जानकारी अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वमा १ लाख ८ हजार ८ सय २७ जनाले मृत्युवरण गरेका छन् भने १७ लाख ८० हजार ३ सय १४ जनामा संक्रमण देखिएको छ ।

Facebook Comments