Mon. May 6th, 2024

नेपाली कांग्रेसले चुनावी घोषणापत्र बोक्नुको अर्थ नहुने महामन्त्री गगन थापाको भनाई

- कानूनी तथा वित्तीय सुशासन सम्बन्धी डि.एल.ए. को अन्तरक्रिया

रमेश हतुवाली/काठमाण्डू, २०८० माघ २७ गते शनिबार । स्थानीय तहमा कानूनी तथा वित्तिय सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाण्डूमा सम्पन्न भएको छ । नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन केन्द्रीय कार्यालयको आयोजना  र नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन बागमती प्रदेश कार्यसमितिको सह-आयोजनामा सो अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री तथा साँसद गगन कुमार थापाले २०८४ सालमा हुने आम निर्वाचनमा नेपाली कांग्रेसले चुनावी घोषणापत्र बोक्नुको अर्थ नहुने बताउनु भएको छ । महामन्त्री थापाले जनता सुशासन र विकासको पक्षमा रहेको भन्दै ५ वर्षमा पार्टीले यो यो काम गरेँँ भन्ने परिणाम लिएर मात्र जनतासँग जानुपर्ने बताउनु भयो । स्थानीय तह सञ्चालनका क्रममा विभिन्न किसिमका कानूनी समस्या समेत उत्पन्न हुन सक्ने भएकोले त्यस्ता समस्याहरुको समाधानका लागि कानूनको दह्रो ज्ञान भएको मान्छे राख्न सुझाव दिनुभयो ।


नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिहर दाहालले स्थानीय तहलाई कार्यपालीका र व्यवस्थापीका दुवैले प्रयोग गर्ने अधिकार भएकोले संघीय कानून र संविधानसँग नबाँझिने गरी कानून निर्माण गरेर नियमित कामकारवाही गर्न सुझाव दिनुभयो । स्थानीय तहमा वित्तीय सुशासनका नाममा स्थानीय तहका प्रतिनिधिहरुलाई विनाकारण अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्धा चलाउने गरेको दाहालको गुनासो छ ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाले स्थानीय तह निष्पक्ष हुन नसकेको होकि भन्ने जनगुनासो आईरहेको सन्दर्भमा सुशासन र आर्थिक पारदर्शीतालाई ख्याल गर्दै जनप्रतिनिधिहरुले पदलाई भन्दा प्रद्धतीलाई प्रार्थमिकता दिनुपर्ने बताउनु भयो ।

नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता सिताराम केसीले देशका सातवटै प्रदेशका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष उपाध्यक्ष र मेयर उपमेयरका लागि सुशान, विधिको शासन र वित्तीय अनुशासन बारे जानकारी दिन अन्तरक्रिया आयोजना गरिएको जानकारी दिनुभयो ।
अन्तरक्रियामा बागमती प्रदेशका रसुवा, नुवाकोट, काठमाण्डू, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, सिन्धुली, रामेछाप र दोलखा जिल्लामा नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित अध्यक्ष उपाध्यक्ष तथा मेयर उपमेयहरुको सहभागीता रहेको थियो ।

कानूनवीद तथा वरिष्ठ लेखक काशीराज दाहालले प्रशिक्षण दिनुभएको सो अन्तरक्रिया कार्यक्रममा नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष शेर बहादुर केसी, प्रेम बहादुर खड्का, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य, मदन कृष्ण श्रेष्ठ, अजय बाबु तिवारी, जनकराज श्रेष्ठ, यदूनाथ खनाल लगायतका वक्ताहरुले स्थानीय तहका जनप्रतिनिधिहरु जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments