Fri. Sep 20th, 2024

लकडाउनमा मौलाउदै बन्यजन्तुको तस्करी

काठमाडौं, २०७६ चैत २९ गते शनिबार

 कोरोना संक्रमण पछि गरिएको लकडाउनको समयमा मानिसको आवातजावत कम भए भएपछि इलाम जिल्लाका सामुदायिक तथा निजी वनजंगलमा बन्यजन्तुको चोरी तस्करी बढेको छ ।
वन जंगलमा सरकारी कर्मचारी र स्थानीय मानिसको समेत उपस्थिति शून्य जस्तै भए पछि सिकारीले लकडाउनको मौका छोरी बन्यजन्तुको चोरी तस्करी गरीरहेका हुँन ।
झापासंग सिमाना जोडिएको इलामको माई नगरपालिका , रोङ गाउँपालिका सहित भारत संग सिमाना जोडीएको माईजोगमाई गाउँपालिका ,सन्दकपुर गाउँपालिका , सूर्योदय नगरपालिका सहितका जिल्लाका नीजि तथा सामुदायीक बनबाट चोरी तस्करी भैरहेको छ । सिकारीले जंगलमा पासो थापेर बन्यजन्तु मार्ने गरेका छन ।

उनीहरुले भरुवा बन्दुकको प्रयोग गरी बन्यजन्तुको सिकार गरिरहेका छन । स्थानीय स्तरमा निर्माण गरिएका र प्रहरीमा समेत दर्ता नभएका भरुवा बन्दुकको प्रयोग गरी सिकारीले बन्यजन्तुको तस्करी गरिरहेको पाईएको छ । यी क्षेत्रका जंगलमा दिउसो र रातको समयमा दैनिक दर्जनौ पटक बन्दुक पड्किएको आवाज सुनिने गरिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार फुर्सदको समयमा चोक बजार सुनसान भएको बेला सिकारीको बासै बनजंगलमा हुने गरेको छ ।

बिश्वमै दुर्लभ रेडपाण्डा , जंगली मृग , हरिण , सालक आदिको चोरी सिकार भैरहेको छ । घना जंगलमा सरकारी कर्मचारीको समेत उपस्थिति शून्य भएको बेला नेपाल तथा भारतका तस्करले बन्यजन्तु मार्ने गरेको स्थानीयले बताएका छन् । डिभिजन बन कार्यालय इलामका डिभिजनल वन अधिकृत मेघराज राईले माई नगरपालिकाका बिभिन्न सामुदायीक बन हुँदै झापा देखिका सिकारी बन्दुक सहित इलामका बनमा प्रवेश गरेकाले खोजी तिब्र पारीएको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘सिकारी टाढा देखिका जंगज पसेका छन, खोखी गरीरहेका छौ ’। प्रमुख राईले सामुदायीक मात्र नभएर नीजि बनमा समेत बन्यजन्तुको शिकार गर्न र मार्न नपाउने भए पनि कानुन बिपरीत कार्य भैरहेको जानकारी दिनु भयो ।

सन्दकपुर गाउँपालिकाको चोयाटार , हागेथाम लगायतका क्षेत्र रेडपाण्डाको बसोबास गर्ने स्थान हुन । बन्यजन्तु सहजै पाउने भए पछि हुल बाधिएर जंगल पस्ने सिकारीले बन्यजन्तु मार्नुका साथै कतिपय बन्यजन्तुको बिक्रीबितरणका लागि लैजाने गरेका छन् । मृग, हरिण , खरायो , बँदेल मारेर खाने गरेका शिकारीले रेडपाण्डा, सालक आदिको छाला बिक्री गर्ने गरेका छन् । सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले कोरोना नियन्त्रण र रोकथाममा सबैको ध्यान केन्द्रित भएका बेला सिकारीले मौका छोपेको जानकारी दिनुभयो । उहाले यस्तो समयमा स्थानीय समुदायनै सक्रिय भएर बन्यजन्तुको संरक्षणमा लाग्नु पर्ने बताउनु भयो । जिल्लाका ग्रामिण क्षेत्रमा स्थानीय स्तरमा निर्माण गरिएका भरुवा बन्दुकको प्रयोग सिकारीले गर्ने गरेका छन् । यस्ता हतियार जी.आई. पाईपको प्रयोग गरी स्थानीय स्तरमा संचालित आरनहरुमा नै निर्माण गर्ने गरिएको पाईन्छ । जिल्लामा प्रहरीले गत बर्ष मात्र पनि दर्ता भएका हतियार संकलन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले कोरोना नियन्त्रण र रोकथामका लागि सिंगो राज्य संयन्त्र नै खटीएको बेला आपराधीक गतिविधि बढ्न सक्ने बताउनुभयो । उहाले बन्यजन्तुको चोरी तस्करीका घटना थाहा पाएमा बनजंगल आसपासका प्रहरी चौकीमा खबर गरिदिन स्थानीयलाई आग्रह समेत गर्नु भयो ।
भारतको सिंहलिला नेशसन पार्क नजिक भएका कारण पनि बिभिन्न प्रजातिका बन्यजन्तु इलाम सहितका लेकाली बनमा प्रसस्त पाईन्छ । इलाम , पाँचथर र तापलेजुङका लेकाली बनमा बिश्वमै दुर्लभ रेडपाण्डा पाईने गरिएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments