Sun. May 19th, 2024

श्रीलङ्काले ७६औँ स्वतन्त्रता दिवस मनायो

कोलम्बो,२०८० माघ २२ गते सोमबार ।  श्रीलङ्काले आइतबार (हिजो) आफ्नो ७६ औं स्वतन्त्रता दिवस सैन्य परेडकस साथ मनाएको छ। राष्ट्रपति रनिल विक्रमासिङ्घेले आफ्नो स्वतन्त्रता दिवसको सन्देशमा देश र विदेशमा रहेका सम्पूर्ण श्रीलङ्कालीहरूलाई देशको पुनर्निर्माणमा आफ्नो पूर्ण ऊर्जा लगाउन आह्वान गर्नुभएको छ ।

विक्रमासिङ्घेले थुप्रै अवरोध र चुनौतीका बाबजुद पनि सरकारले अर्थतन्त्रलाई स्थायित्वतर्फ लैजान लागेको बताउनि भएको छ ।

व्यापक, दीर्घकालीन राष्ट्रिय पुनर्निर्माण कार्यक्रमलाई ध्यानमा राख्दै कठिनाइहरू सहने नागरिकहरूको अटल समर्थनका कारण श्रीलङ्काले चुनौतीहरूलाई क्रमशः पार गरिरहेको उहाँको भनाइ छ।

उहाँले वर्तमान आर्थिक पुनरुत्थान र समृद्धिको बाटोमा लागिरहन पनि जनतालाई आग्रह गर्नु बएको छ । यसैबीच, सो अवसरमा सात सय ५४ कैदीले राष्ट्रपतिबाट विशेष माफी पाएका छन् । सिन्ह्वा

Facebook Comments