Mon. May 6th, 2024

उच्च अदालत पाटन मातहतका न्यायालयहरु आज बन्द रहने

काठमाण्डू, २०८० माघ १७ गते बुधबार । उच्च अदालत पाटनका न्यायाधीश मातृका प्रसाद मरासेनीको निधनको शोकमा आज उच्च अदालत पाटन, हेटौंडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरुमा शोक बिदा दिईएको छ ।

उच्च अदालत पाटन अन्तर्गत रामेछाप, सिन्धुली, दोलखा, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र धादिङ, नुवाकोट, काठमाण्डू, भक्तपुर, ललितपुर जिल्ला अदालत रहेका छन् । त्यसैगरी हेटौंडा इजलास अन्तर्गत मकवानपुर र चितवन जिल्ला अदालत पर्दछन् ।

हृदयघातका कारण हिजो बिहान १० बजे उच्च अदालत पाटनमा कार्यालय समयमै न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयघातका कारण निधन भएको थियो । हृदयघात भएपछि उहाँलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उहाँको उपचारका क्रममा विहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभएको थियो।

Facebook Comments