Sat. May 4th, 2024

अदालतमै न्यायाधीश मरासिनीको निधन

भिओके समाचार/काठमाण्डू, २०८० माघ १६ गते मंगलबार। हृदयघातका कारण आज विहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधन भएको छ ।

बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उहाँलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उहाँको उपचारका क्रममा विहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार न्यायाधीश मरासिनीकी छोरी पोखरामा हुनुभएको र उहाँ पोखराबाट काठमाण्डू आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Facebook Comments