Sun. May 19th, 2024

हिउँदे अधिवेशन माघ २२ का लागि सिफारिस

काठमाण्डू, २०८० माघ ९ गते मंगलबार । सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपरान्ह ४ बजे दुवै संघीय सदनको संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुमाझ निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो । राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको पद लामो समयदेखि खालि थियो । उहाँले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम १६ को उपनियम १ को खण्ड (क) बमोजिम मनोनयन गर्ने निर्णय गरिएको पनि बताउनु भयो ।

उहाँले कोटेश्वर चोक सुधार परियोजनाका लागि जापान सरकारको करिव ३१ अर्ब २ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृतका लागि जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी पनि दिनुभयो ।

Facebook Comments