Sat. May 9th, 2026

नेटोका गतिविधि शीतयुद्धमा फर्किने सङ्केतः रुस   

       

मस्को, २०८० माघ ७ गते आईतबार । रुसका उप विदेशमन्त्री अलेक्ज्याण्डर ग्रुस्कोले आइतबार नेटोका स्टेडफास्ट डिफेन्डर २०२४ अभ्यासले शीतयुद्धतर्फ फर्किने सङ्केत गरेको बताउनुभएको छ।

नेटोका सर्वोच्च सहयोगी कमाण्डर जनरल क्रिस्टोफर काभोलीले अर्को हप्ताका लागि निर्धारित नेटोका अभ्यास दशककै सबैभन्दा ठूलो हुने र महिनौसम्म चल्ने धारणा राख्नु भएको थियो ।

यी अभ्यासहरू पश्चिमले रुस विरुद्ध छेडेको हाइब्रिड युद्धको अर्को भाग रहेको उहाँको धारणा छ ।
वास्तवमा ३१ देशका ९० हजार सैन्य अभ्यासमा आउनु निश्चित नै शीतयुद्धतिरको झल्को हो र यस्तो शक्तिले रुसलाई झस्काउने ग्रुस्कोले बताउनु भएको छ । सिन्ह्वा

Facebook Comments

सम्बन्धित समाचार