Sat. May 18th, 2024

युक्रेन संकटमा चीनको मुख्य अडान शान्ति र वार्तालाई प्रवर्द्धन गर्नु हो : प्रवक्ता माओ निङ

काठमाण्डू, २०८० माघ ३ गते बुधबार । चीनले युक्रेन संकटमा आफ्नो मुख्य अडान दोहोर्याउँदै शान्ति र वार्तालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले हिजो मंगलबार पैचिङ मा आयोजित नियमित पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिनुभएको हो ।

पत्रकार सम्मेलनमा एकजना पत्रकारले प्रवक्ता माओ निङलाई, “स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्च आयोजना भइरहेको छ, स्विट्जरल्याण्डमा हुने युक्रेन शान्ति शिखर सम्मेलनमा चीनलाई सहभागी हुन आमन्त्रित गरिनेछरु चीनले यस सम्मेलनमा भाग लिन प्रतिनिधि मण्डल पठाउने छ किरु चिनियाँ प्रधानमन्त्री ली छ्याङले युक्रेनका राष्ट्रपतिलाई भेट्नुहुने कार्यक्रम छ कि ? ” भनि सोधेको प्रश्नको जवाफ दिनुहुँदै प्रवक्ता माओ निङले युक्रेनी संकटमा चीनको अडान निरन्तर र स्पष्ट रहेको र यसको मूल उद्देश्य शान्ति र वार्तालाई प्रवर्द्धन गर्नु रहेको बताउनु भयो । संकट व्यापक रूपमा बढ्दै गएदेखि चीनले युक्रेन लगायत सबै सम्बन्धित पक्षहरूसँग सम्पर्क राखेको र चीनले संकटको राजनीतिक समाधानको प्रवर्द्धनमा रचनात्मक भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो ।

प्रवक्ता माओ निङले शान्ति प्राप्तिका लागि सबै सम्बन्धित पक्षहरूको प्रयास र समर्थनलाई चीनले स्वागत गर्ने पनि बताउनु भयो ।

Facebook Comments