Mon. Dec 23rd, 2024

नेपाल थाइवान स्वतन्त्रताको विपक्षमा छः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डू, २०८० पुस २९ गते आईतबार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल थाइवान स्वतन्त्रताको विपक्षमा रहेको बताउनुभएको छ ।

आज काठमाडौंमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रचण्डले थाइवान चीनकै अभिन्न अङ्ग भएको बताउनु भयो । उहाँले ‘थाइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यस विषयलाई प्रष्ट पारेको पनि बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनु भयो । उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशको सम्बन्ध प्रगाढ रहेकोे जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो । दुई देशको सभ्यता नदी र हिमशृङ्खलाहरुले मात्र नजोडिएको भन्दै दुई देशका साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको उहाँको भनाइ छ ।

Facebook Comments