Sun. May 19th, 2024

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरुबीचमै सिट बाँडफाँट हुने

काठमाण्डू, २०८० पुस २१ गते शनिबार । राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाको लागि हुने निर्वाचन सिट बाँडफाँट गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ वटा दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले सरकारमा सहभागी दलहरुको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने जानकारी पनि दिनुभयो ।

प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने धारणा व्यक्त गर्नुभयो ।

Facebook Comments