Sun. May 19th, 2024

अन्तराष्ट्रिय माउण्टेन क्रस कन्ट्रि कम्पिटीसन पोखरामा सुरु

भिओके समाचार/पोखरा, २०८० मंसिर ९ गते शनिबार । नेपाल पोखरा अन्तराष्ट्रिय माउण्टेन क्रस कन्ट्रि कम्पिटीसन औपचारिक रुपमा सुरु भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, पोखरा महानगरपालिकाका उपमेयर मञ्जु गुरुङ्ग, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी परराष्ट्र मामिला कार्यालय युनान प्रान्त चीनका उपनिर्देशक चु वेनचोङ्ग, चीनको युननान माण्टेनरिङ्ग एण्ड आउट डोर स्पोर्ट एशोसिएशनका महासचिव चाङ्गस, नेपाल चाईना पिपुल फेण्डसिप एशोसिएशनका अध्यक्ष विश्व शंकर पालिखे लगायतले पोखराको फेवाताल किनारामा एक भव्य समारोहबीच संयुक्त रुपमा सो कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।

371152043_884327723077914_7205157352495068385_n1700908612.jpg

अन्तराष्ट्रिय माउण्टेन क्रस कन्ट्रि कम्पिटीसन पोखरामा सुरु, प्रतियोगिताले चीन र नेपालबीचको सम्बन्ध अझ प्रगाढ हुने नेपालका लागि चिनियाँ राजदूत छन् सोङको भनाइ ।

शुभारम्भ समारोहलाइ सम्बोधन गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले हिमाल र तालहरुले भरिएको सुन्दर नगरी पोखरामा आयोजित नेपाल पोखरा अन्तराष्ट्रिय माउण्टेन क्रस कन्ट्रि कम्पिटीसनको शुभारम्भ गर्न पाएकोमा हर्ष व्यक्त गर्नुभयो । राजदूत छन् सोङले यस प्रतियोगिताको माध्यमबाट आपसी समझदारी कायम गर्न कार्यक्रममा सहभागीहरुले नेपाल चीन मित्रताको सन्देशवाहकको रुपमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । राजदूत छन् सोङले सम्बोधनमा नेपाल र चीन हिमाल, पहाड र नदीहरुले जोडिएका ऐतिहासिक छिमेकीहरु हुन भन्दै यो सम्बन्ध पुस्तौपुस्तादेखि प्रगाढ रहँदै आएको बताउनु भयो । चीन नेपाल सम्बन्धलाई विकास र समृद्धितर्फ उन्मुख गर्न पुस्तापुस्ताको मित्रताको रणनीतिक साझेदारीमा स्तरउन्नती गर्न सन् २०१९ मा चीनका राष्टपति सी चिनफिङले नेपालको ऐतिहासिक भ्रमण गर्नुभएको स्मरण गर्नुभयो ।

Group Pic 11700908655.jpg

सो समारोहमा बोल्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले नेपाल पोखरा अन्तराष्ट्रिय माउण्टेन क्रस कन्ट्रि कम्पिटीसनलाई आफुहरुले महत्वपूर्ण कार्यक्रमको रुपमा लिएको बताउनु भयो । यो प्रतियोगिताले पोखरालाई देश विदेशमा चिनाउन र पर्यटनको विकासमा समेत सघाउने मुख्यमन्त्री पाण्डेको भनाइ छ । साथै पोखरामा दोश्रो पटक भएको यो प्रतियोगिताले नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध विकासमा सहयोग पुग्ने विश्वास पनि मुख्यमन्त्री पाण्डेले व्यक्त गर्नुभयो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको पर्यटन विकासका लागि चीन सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको पनि बताउनु भयो ।

Chen Song1700908709.jpg

चीनको युननान माउण्टेनरिङ्ग एण्ड आउटडोर स्पोर्ट एशोसिएशन र होटल एशोसिएशन पोखराको सहआयोजना रहेको (अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेस) प्रतियोगिता नेपाल–चीन मैत्रीपूर्ण सम्बन्ध बिस्तार र नेपालको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको यस प्रतियोगितामा नेपाल र चीनका १०÷१० वटा टिम सहभागी छन् । आयोजक संस्थाहरुले दिएको जानकारी अनुसार एउटा टिममा ३ जनाका दरले प्रतियोगितामा ६० जना सहभागी हुनेछन् । यसअघि सन् २०१९ मा पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड-१९ महामारीका कारण हुन सकेको थिएन । यो प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुन हिमालयन एयरलायन्सबाट चार्टर उडान गरी खेलाडी, खेल पदाधिकारी र अन्य पाहुना गरी १ सय ४ जना चिनियाँ पर्यटक नोभेम्बर २३ मै पोखरा पुगेका हुन् ।

Surendra Pande_1700908733.jpg

यस प्रतियोगितामा धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर गर्नुपर्ने नियम रहेको छ । फेवाताल किनार बाराहीघाटबाट शुरु भएको प्रतियोगिता डेभिड फल हुँदै विश्व शान्ति स्तुप पुगेर फेवातालमा बोटिङ गरी फेरि बाराहीघाट आएर अन्त्य भएको हो ।
370008027_881723539827960_337175255291682822_n1700908778.jpg

Facebook Comments