Wed. May 8th, 2024

हरिबोधनी एकादशीमा तोरणको रमिता (फोटो फिचर)

हरिबोधिनी एकादशीका दिन बिहीबार त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तोरण तार्नकालागि डोलीमा राखेर फूल लैजाँदै भक्तजनहरु । तस्बिर : सनद अधिकारी/रासस

काठमाण्डू, २०८० मंसिर ७ गते बिहीबार । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस दिन तोरण टाँगेर मोक्ष प्राप्त गर्ने चलन समेत रहेको छ । फोटो फिचर

एकादशीका अवसरमा बिहीबार तनहुँको शुक्लागण्डकी-८ हिलेटार नजिकै शिव मन्दिर र सेती नदीमा तार्नका लागि तयार गरिएको फूलको तोरण । एकादशीमा नदीमा फूलको तोरण तार्ने प्रचलन छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
हरिबोधनी एकादशीको दिन बिहीबार काठमाडौँको पशुपतिनाथ मन्दीर क्षेत्रमा टाँगिएको तोरण । तस्बिर : विमलबहादुर बिष्ट / रासस
हरिबोधिनी एकादशीका दिन बिहीबार पोखरास्थित सेती नदीमा तोरण तार्नका लागि डोलीमा राखेर फूल लैजाँदै भक्तजन । तस्बिर : धनबहादुर गुरुङ/रासस
काठमाण्डूको बुढानिलकण्ठ नगरपालिका-५ स्थित विष्णुमती नदीमा हरिबोधिनी एकादशीका दिन बिहान फूल तार्दै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल, रासस
हरिबोधिनी एकादशीका दिन आज नारायणी नदीमा तोरण तार्नका लागि डोलीमा राखेर फूल जाँदै भक्तजन । तस्बिरः कृष्ण आचार्य, रासस
Facebook Comments