Fri. May 3rd, 2024

‘सी चिनफिङ : चीनको शासन व्यवस्था’ पुस्तक भाग ४ अंग्रेजी संस्करणको प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

रमेश हतुवाली/काठमाण्डू, २०८० मंसिर ७ गते बिहीबार । काठमाण्डूमा “सी चिनफिङ : चीनको शासन व्यवस्था” पुस्तकको भाग ४ अंग्रेजी संस्करणको प्रवर्द्धनात्मककार्यक्रम सम्पन्न भएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, चाइना इन्टरनेस्नल कम्युनिकेसन ग्रुपका उपाध्यक्ष लिउ तावे, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभाग अन्तर्गत प्रकाशन व्यूरोका उपनिरीक्षक क्वो रुइहोङ, चाइनिज एकेडेमी अफ सोसल साइन्स अन्तर्गत कानून संस्थानका निर्देशक तथा मानव अधिकार अनुसन्धान केन्द्रका निर्देशक मो-चिहोङ, चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतम, इन्टरनेस्नल बोर्ड अन बुक्स फर यङ पिपुल श्रीलंकाका दिनेश कुलातुङगे, चीन अन्तर्राष्ट्रिय संचार समूह अन्तर्गत बृहत् व्यापार विभागका वरिष्ठ निरीक्षक ह्वाङ वे र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर नेपालका अध्यक्ष किरण गौतमले संयुक्त रुपमा सो पुस्तकको प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गर्नुभएको हो ।

Xi book lunch Jhalanath Khanal KTM 1700738672.jpgझलनाथ खनाल, पूर्वप्रधानमन्त्री 

समारोहमा बोल्नुहुँदै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले चीनका राष्ट्राध्यक्ष सी चिनफिङको कुशल नेतृत्वमा चीनले करोडौं जनतालाई गरिवीबाट मुक्त गर्न सफल भएको, विश्व शान्ति र समृद्धिका लागि चीनले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । पूर्वप्रधामन्त्री खनालले ”सी चिनफिङ : चीनको शासन व्यवस्था” पुस्तकको भाग ४ मा चीनले गरेको तीव्र विकास, विश्व अर्थतन्त्रमा चीनको योगदान, गरीबी निवारणमा चीनले गरेको महत्वपूर्ण उपलब्धि लगायतका विषयमा विस्तृत चर्चा गरिएको बताउनु भयो । सी चिनफिङ चीनका मात्र नभएर विश्वकै प्रभावशाली नेता भएको खनालको भनाइ छ ।

Xi book lunch Chen Song KTM 21700738693.jpgछन सोङ, नेपालका लागि चिनियाँ राजदूत

नेपालका लागि चिनियाँ राजदूत छन सोङले चीन र नेपाल प्राचीनकालदेखि हिमाल, नदी र पहाडहरुले जोडिएका अत्यन्त नजिकका छिमेकी भएको स्मरण गर्दै सन् २०१९ मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गर्नुभएको नेपालको औपचारिक भ्रमण र गत सेप्टेम्वरमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको चीनको औपचारिक भ्रमणले दुवै देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनु भयो ।
Xi book lunch Liu Tawe KTM 11700738712.jpgलिउ तावे, उपाध्यक्ष, चाइना इन्टरनेस्नल कम्युनिकेसन ग्रुप

चाइना इन्टरनेस्नल कम्युनिकेसन ग्रुपका उपाध्यक्ष लिउ तावेले “सी चिनफिङ : चीनको शासन व्यवस्था” पुस्तकमा चीनले पछिल्लो समय प्राप्त गरेका उपलब्धि, चिनियाँ विशेषतायुक्त समाजवादको विकास र चीनको समृद्धि, आधुनिक चिनियाँ समाजको निर्माणको रहस्य, विश्व शान्ति र विकासमा चीनले पुर्‍याएको योगदान, बिआरआई परियोजनामार्फत विश्व समुदायको भाग्य र भविष्यको बाँडफाँट लगायतका विषयमा पुस्तक केन्द्रित भएको जानकारी दिनुभयो ।

Xi book lunch KTM Group Pic_1700738734.jpg
उक्त कार्यक्रममा चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतम, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभाग अन्तर्गत प्रकाशन व्यूरोका उपनिरीक्षक क्वो रुइहोङ, चाइनिज एकेडेमी अफ सोसल साइन्स अन्तर्गत कानून संस्थानका निर्देशक तथा मानव अधिकार अनुसन्धान केन्द्रका निर्देशक मो चिहोङ लगायतले पुस्तकका विविध पक्षबारे बोल्नुभएको थियो ।

सो कार्यक्रममा नेपालस्थित विभिन्न मैत्री संस्थाका प्रतिनिधिहरु, विभिन्न प्रकाशन गृहसँग सम्बन्धित महानुभावहरु, समाजसेवी, शिक्षाप्रेमी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments