Sun. May 19th, 2024

संवादसहितको राजनीतिले महत्वपूर्ण भूमिका निर्वाह गर्छ : हिरण्यलाल श्रेष्ठ

Hiranya Lal Shrestha

रमेश हतुवाली/काठमाण्डू, २०८० मंसिर ३ गते आईतबार । वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले विश्वका कुनै पनि देशमा हुने घटना र विश्वस्तरीय भेटवार्ताले नेपालमा समेत प्रभाव पार्ने बताउनु भएको छ ।

भ्वाईस अफ काठमाण्डूसँग आज कुराकानी गर्नुहुँदै श्रेष्ठले जलवायु परिवर्तनको असरले नेपाल लगायतका देशहरुले भोगिरहेका विभिन्न समस्या र यस्ता समस्याका विषयमा विश्वका जुनसुकै कुनामा हुने वार्ताले नेपालमा पनि प्रभाव पार्ने बताउनु भएको हो ।

गत बुधबार अमेरिकामा चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनकाबीचमा भएको शिखर वार्ताले जलवायु परिवर्तनबाट विश्वमा परिरहेको नकारात्मक प्रभाव र सो प्रभाव न्यूनिकरणका लागि समेत मिलेर काम गर्ने भनी भएको सहमतीको अप्रत्यक्ष प्रभाव नेपाल, भारत, बंगलादेश, मालदिप, श्रीलंका लगायतका देशहरुमा पनि पर्ने कुटनीतिज्ञ श्रेष्ठको भनाइ छ ।

एक अर्को प्रश्नको जवाफमा कुटनीतिज्ञ श्रेष्ठले  सम्वादहीनता भन्दा सम्वादसहीतको राजनीतिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै अमेरिका र चीनका उच्च नेताहरुको भेटवार्ताले नेपालमा बीआरआइ र एमसीसीसँगसँगै अघि बढ्न सक्ने संकेत मिलेको टिप्पणी गर्नुभयो । श्रेष्ठले नेपाललाई अर्को द्वन्द्वको अखडा नबनाउने कुरामा यस किसिमको भेटवार्ताले सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

कुटनीतिज्ञ श्रेष्ठले विश्वको स्थिर विकास र विश्व शान्तिका लागि पनि शक्तिराष्ट्रका नेताहरुको भेटवार्ताको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

Facebook Comments