२०८३ श्रावण ३०, शनिवार

एशिया प्रशान्त क्षेत्रका जनता र हाम्रा सन्तानहरूको साझा समृद्धिलाई साकार तुल्याउनेः राष्ट्राध्यक्ष सी

       

काठमाण्डू, २०८० मंसिर २ गते शनिबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको सान फ्रान्सिसकोमा आयोजित एपेक नेतागणको तीसौं अनौपचारिक सम्मेलनमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

हिजो शुक्रबार गर्नुुभएको सो सम्बोधनमा एपेकको कार्यभारबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले  भन्नुभयो, “हामीले शुरूदेखि एशिया प्रशान्त क्षेत्रको आर्थिक सहयोग गर्ने मन लिएर जिम्मेवारीपूर्वक विश्वव्यापी रुपमा देखा परेका चुनौतीहरूको संयुक्त रुपमा सामना गर्नुपर्ने आवश्यकता छ। हामीले पुत्राजया भिजन २०४० को पूर्ण कार्यान्वयन गर्दै खुला, जीवन्त, लचिलो र शान्तिपूर्ण एशिया-प्रशान्त क्षेत्रको संयुक्त भाग्य समुदायको निर्माण गर्नुपर्नेछ जसबाट एशिया प्रशान्त क्षेत्रका जनता र हाम्रा भावी पुस्ताको साझा समृद्धिलाई साकार तुल्याउन सकिने छ।” सीएमजी

Facebook Comments