Fri. May 3rd, 2024

हर्ष र उमंगमा सर्वसाधारणको भाइटीका   

काठमाण्डू, २०८० कात्तिक २९ गते बुधबार । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज नेपालीले भाइटीका मनाएका छन् । दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउनुका साथै मीठो मसिनो खुवाएका छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर गच्छेअनुसार दक्षिणा दिएका छन् ।

भाइटीकाको साइत आज बिहान १०ः५१ बजे भए पनि दिनभर टीका लगाउन बाधा नहुने भएकाले टाढा टाढा पुग्नेहरु तथा दिनभर टीका लगाउन आवतजावत गरिरहरेका थिए ।

दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाण्डूको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

Facebook Comments