Fri. May 10th, 2024

बडादशैंको पाँचौं दिनआज देवी स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाण्डू, २०८० कात्तिक २ गते बिहीबार । नेपालीहरुको महान चाड बडादशैंको पाँचौं दिनआज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवी स्कन्दमाताको पूजाआराधनागरिँदै छ ।

नवरात्रिकको पाँचौंदिनमाशक्ति स्वरुपा देवी स्कन्दमाताको पूजाआराधना गर्ने प्रचलन रहेको छ । स्कन्दमाताभगवतीपार्वतीकै रूप हो । स्कन्दकुमार (कुमार)कीमाताभएकीले यिनको नाम स्कन्दमाताभएको पुराणहरूमा उल्लेख छ ।

स्कन्दमाताभवानीको उपासना र आराधनागर्नाले सबै प्रकारको इच्छापूर्ति हुने शास्त्रीयकथन रहेको छ । नवरात्रमाप्रत्येकदिन एक–एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापनागरिएको स्थानवाविभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपाभगवतीको आराधना गर्छन् ।

आश्विनशुक्लप्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्षपनि भनिन्छ । यो पक्षको पहिलो दिनशैलपुत्री, दोस्रो दिनब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिनकात्यायनी, सातौं दिनकालरात्रि, आठौं दिनमहागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ ।

Facebook Comments