Thu. May 16th, 2024

चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री प्रचण्ड आज तिब्बतको ल्हासामा

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

चीनको औपचारिक भ्रमणको सिलसिलामा तिब्बतको ल्हासा आइपुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ल्हासास्थित गोन्गार विमानस्थलमा आज बिहान तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गर्नुहुँदै

ल्हासा, २०८० असोज १० गते बुधबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको सदसमुकाम ल्हासा आइपुग्नुभएको छ ।

चीनको औपचारिक भ्रमणको सिलसिलामा तिब्बतको ल्हासा आइपुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ल्हासास्थित गोन्गार विमानस्थलमा आज बिहान तिब्बतका अधिकारीद्वारा स्वागत गरिँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड चीनको छोङछिङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुग्नुभएको हो । उहाँलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गर्नुभयो ।

चीनको औपचारिक भ्रमणको सिलसिलामा तिब्बतको ल्हासा आइपुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ल्हासास्थित गोन्गार विमानस्थलमा आज बिहान तिब्बतका अधिकारीद्वारा स्वागत गरिँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

प्रधानमन्त्री प्रचण्ड ल्हासास्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री प्रचण्डले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नुहुने कार्यक्रम छ । तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर ताल र कैलाश पर्वतको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ  ।

राससका अनुसार उहाँले आजै तिब्बतस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । उहाँ आज ल्हासामै बस्नुहुनेछ । प्रधानमन्त्रीसँगै भ्रमण दलमा परराष्ट्रमन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डाक्टर बैकुन्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोबिन्द आचार्य लगायतका महानुभावहरु रहनु भएको छ ।

Facebook Comments