Fri. May 17th, 2024

आजका मनैछुने तस्विरहरु (फोटो फिचर)

हुम्लाको नाम्खा गाउँपालिका–३ खगाल गाउँमा रहेको छोइला ताल । तस्बिर : दाने बोहरा, रासस

काठमाण्डू, २०८० भदौ २९ गते शुक्रबार ।

स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्प बागलुङले आयोजना गरेको तीज विशेष कार्यक्रममा नृत्य प्रस्तुत गर्दै विद्यार्थी । कार्यक्रममा बागलुङ, पर्वत र म्याग्दी तीन जिल्लाका विद्यार्थी सहभागी छन् । तस्बिर : डम्मर बुढामगर, रासस
सुनसरीको रामधुनी नगरपालिकाको शिवनगरस्थित जलासयमा जुट सफा गर्दै किसान । यो समयमा जुट प्रशोधन गरेर बिक्री गरी नजिकिँदै गरेको दशैँ खर्चको जोहो गर्न किसान व्यस्त छन् । तस्बिर : नवीन गड्तौला, रासस
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहास्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा रहेको सीमा स्तम्भ । तस्बिरः भेषराज बस्नेत, रासस
धनुषाको विदेह नगरपालिका-६ तिनकौरिया चोकमा माटोको मूर्ति तयार गर्दै मूर्तिकार सत्यनारायण पण्डित । विश्वकर्मा पूजाका लागि यहाँ निर्माण गरिएका मूर्ति साइज अनुसार रु एक हजारदेखि रु सात हजारसम्ममा बिक्री गरिन्छ । तस्बिर : चन्द्रदेव साह, रासस
राष्ट्रिय बाल दिवसको अवसरमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा निकालिएको प्रभातफेरी । तस्बिरः दयाराम आचार्य , रासस
निर्माण भएको चार वर्षमै प्रयोगविहीन भएको पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ४ र ५ लाई जोड्ने सुभाङ खोला पुल । रु. १ करोड २८ लाखको लागतमा वि.सं. २०७३ सालमा निर्माण सम्पन्न भएको यो पुल विगत तीन वर्षदेखि प्रयोगविहीन छ । यो पुलभन्दा करिब १०० मिटर माथि तमोर कोरिडोर सडक निर्माण भएपछि पुल प्रयोगविहीन बनेको हो । तस्बिरः रवीन्द्र काफ्ले, रासस
सल्यान घर भएका देवीलाल गन्धर्व सारङ्गी रेड्दै । चाडबाड नजिकिँदै गर्दा दाङको घोराही बजारमा परम्परागत पेसाको संरक्षण गर्दै घरघरमा पुगेर सारङ्गी रेड्दै गीत गाउने गर्छन्। तस्बिर : रञ्जिता अधिकारी, रासस
भरतपुर महानगरपालिकाद्वारा शुक्रबार आयोजना गरिएको नारायणी नदी किनार सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा सरसफाइमा सहभागी हुँदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायत । तस्बिरः कृष्ण आचार्य, रासस
Facebook Comments