Thu. May 16th, 2024

  नेपाल एयरलाइन्सको साउदी अरेबियाको दमाममा नियमित उडान सुरु   

काठमाण्डू, २०८० भदौ २१ गते बिहीबार । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबारदेखि काठमाण्डू-दमाम गन्तव्यमा सिधा उडान सञ्चालन गरिएको छ । उडान तालिकाअनुसार काठमाण्डूबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा एक सय २६ यात्रु रहेका थिए भने काठमाण्डू फर्कदा एक सय १७ यात्रु रहेको निगमले उल्लेख गरेको छ ।

प्रवक्ता पौडेलले काठमाण्डू-दमाम-काठमाण्डू सेक्टरमा साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको बताउनुभयो । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमार्फत अनलाइनबाट टिकट लिन सक्नेछन् । रासस

Facebook Comments