Fri. May 3rd, 2024

 ‘काठमाण्डू युथ कनक्लेभ-२०२३” भदौ ९ गते हुने

काठमाण्डू, २०८० भदौ ७ गते बिहीबार । काठमाण्डूस्थित युनीभर्सल कलेज र फिनिक्स कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा यही भदौ ९ गते प्रज्ञा भवन, कमलादी, काठमाडौंमा ‘काठमाण्डू युथ कनक्लेभ-२०२३” हुने भएको छ ।

आज थापागाउँ काठमाण्डूमा कार्यक्रम आयोजक कलेजका प्रतिनिधिहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कनक्लेभको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका हुन् ।

प्रा.डा. शिवदत्त ज्ञवाली

युनिभर्सल कलेज, शान्तितगरका प्राचार्य डाक्टर शिवदत्त ज्ञवालीले दश जोड २ को अध्ययन पछि पनि स्वदेशमै उच्च शिक्षा दिन आफूहरु सक्षम रहेको र विश्वस्तरीय प्रतिष्पर्धी शिक्षा प्रदान गर्न नेपाल सक्षम रहेको महत्वपूर्ण सन्देश युवा वर्गलाई दिन कनक्लेभ आयोजना गर्न लागिएको बताउनु भयो । नेपालमा उच्च शिक्षाको भविष्य नै नदेखेर विश्वका विभिन्न मुलुकहरुमा दैनिक जसो उडान भर्ने नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न विदेश जानुपर्ने आवश्यकता नरहेको सन्देश दिन र स्वदेशमै केही गर्न प्रोत्साहन दिने उद्धेश्य कार्यक्रमको रहेको समेत जानकारी दिनुभयो ।

प्रा.डा.फत्तबहादुर केसी

फिनिक्स कलेजका प्रिन्सिपल डाक्टर फत्त बहादुर केसीले युवा वर्गको सहभागीताविना मुलुकमा समृद्ध ल्याउन नसकिने भन्दै स्वदेशमै केही गर्न र उच्च शिक्षा हासिल गर्ने वातावरण सृजना गर्न काठमाण्डू युथ कनक्लेभ-२०२३ ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै कार्यक्रम सफल पार्न सबैको सहयोगको लागि आग्रह गर्नुभयो ।

रविचन्द्र पराजुली,अध्यक्ष, शिक्षापत्रकार समूह

शिक्षापत्रकार समुहकाअध्यक्ष रविचन्द्र पराजुलीले युवाहरुलाई सहि सन्देश र बाटो देखाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

राजु टंडन, आयोजक, काठमाण्डू युथकनक्लेभ

युनिभर्सल कलेजका एकेडेमिक निर्देशक तथा फिनिक्स नेटवर्कका निर्देशक राजु टंडनले युवाहरुको बढ्दो विदेश मोह चिन्ताको विषय रहेको भन्दै स्वदेशमै उच्च शिक्षा र शिक्षापछि रोजगारीको ग्यारेन्टी गर्ने हो भने दक्ष युवा जनशक्ति राष्ट निर्माणमा लाग्ने बताउनु भयो । काठमाण्डू युथ कनक्लेभ–२०२३ विशुद्ध युवालक्षित कार्यक्रम भएकोले सो कार्यक्रम सफल बनाउन सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्नुभयो ।

सो पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७९८० मा १ लाख १० हजार २ सय १७ जना विद्यार्थीहरुले वैदेशिक अध्ययन अनुमति पत्र लिएको जानकारी गराईएको छ । स्वदेशमै शिक्षा र रोजगारीको सम्भावना देखाउने उद्धेश्यले भदौ ९ गते शनिबार विहान ११ बजेदेखि ६ बजेसम्म आयोजना गरिने सो कार्यक्रममा १६ देखि २५ वर्ष सम्मका ५ हजार युवाहरुको सहभागीता रहने अपेक्षा गरिएको छ । कार्यक्रमा विभिन्न पेसा, व्यवसाय र उद्यमशील क्षेत्रमा विशिष्ठता हासिल गरेका झण्डै एक दर्जन भन्दा धेरै महानुभावहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमलाई रोचक बनाउन विभिन्न सांगितिक कार्यक्रम, खानाका स्टलहरु र विद्यार्थीहरुका रोचक प्रस्तुती समेत रहने आयोजनको भनाइ छ ।

Facebook Comments