Mon. Mar 24th, 2025 11:33:06

नेपालका लागि चिनियाँ दूतावासको फेसबुक पेज सार्वजनिक

चिनिया राजदूत हौ यान्छी

काठमाडौं, २०७६ चैत ४ गते मंगलबार

काठमाडौंस्थित नेपालका लागि चिनियाँ राजदूतावासले आजदेखि आफ्नो आधिकारिक फेसबुक पेज सार्वजनिक गरेको छ।

नेपालका लागि चिनिया राजदूत हौ यान्छीको कुटनीतिक सक्रियता र नेपाल चीन मैत्रीको प्रवद्र्धनमा उहाँले छोटो समयमा पुर्याउनु भएको योगदानको प्रसंसा नगर्ने कमै होलान् । सम्बन्धित क्षेत्रका विज्ञहरु उहाँको सक्रियतालाई महत्वपूर्ण मान्छन् । राजदूत हौ यान्छीको सक्रियता दुवै मुलुकको आपसी हितमा केन्द्रित रहँदै आएको देखिन्छ ।

गत वर्षको अक्टोबरमा सम्पन्न चिनिया राष्ट्रपतिको ऐतिहासिक एवम् सफल नेपाल भ्रमणको जस वर्तमान चिनिया राजदूत हौ यान्छीलाई दिनेहरुको कमी देखिन्दैन । त्यतिमात्र नभएर यस वर्षको सुरुमा देखापरेको कोरोना भाइरसको महामारीेले चीनलाई थला पारेको समयमा पनि चीनमा रहेका नेपाली विद्यार्थीहरुको स्वास्थ्य रक्षाको ग्यारेन्टी गर्दै प्रेस विज्ञप्ति प्रकाशित गर्ने उहाँको कदमलाई प्रशंसा नगरी रहन सकिन्न ।

आज सार्वजनिक भएको दूतावासको फेसबुक पेज मार्फत काठमाडौंस्थित चिनिया दूतावास र चीनका विविध विषयमा उपयोगी जानकारी एवम् सूचना प्राप्त हुने विश्वास गर्न सकिन्छ ।

हुन त चीनमा सामाजिक सञ्जाल फेसबुक खुल्ला रुपमा प्रयोग गर्न सकिन्न तर काठमाडौंस्थित चिनिया राजदूतावासले आफ्नो आधिकारिक फेसबुक पेज सञ्चालन गर्नुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।

फेसबुक पेजको ठेगानाः https://www.facebook.com/ChinaEmbNepal/ रहेको छ।

Facebook Comments