Sun. May 19th, 2024

नेता गान्धीद्वारा सर्वोच्चमा पुनरावेदन   

नयाँदिल्ली, २०८० असार ३१ गते आईतबार । भारतका वरिष्ठ विपक्षी नेता राहुल गान्धीले आफूमाथि लगाइएको मानहानी मुद्दाबाट अन्याय भएको जिकिर गर्र्दै सर्वोच्च अदालतमा पुनरावेदन गर्नुभएको छ ।

सन् २०१९ मा कर्णाटकमा भएको एउटा चुनावी सभामा मोदी थरलाई लिएर नेता गन्धीले दिएको अभिव्यक्तिबाट आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पूर्णेश मोदीले उहाँविरुद्ध दायर गरेको मुद्दामा नेता गान्धीलाई गुजरातको अदालतले दोषी ठहर गरेको थियो ।

गुजरातस्थित अदालतको उक्त निर्णयसँगै नेता गान्धीको संसद् पद खारेज भएको थियो । उहाँले उक्त आदेशविरुद्ध गुजरात उच्च अदालतमा गर्नुभएको पुनरावेदन पनि सदर भएपछि उहाँ सर्वोच्च न्यायालयको ढोका ढक्ढक्याउन पुग्नुभएको हो । एएनआई

Facebook Comments