Tue. May 21st, 2024

राष्ट्रपतिबाट बजेटसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण   

भिओके समाचार/काठमाण्डू, २०८० असार ३१ गते आईतबार । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले आज विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद्बाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएका उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

Facebook Comments