Thu. May 16th, 2024

सभापति देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लूको भेटवार्ता   

- डोनाल्ड लु को नेपाल भ्रमण

काठमाण्डू, २०८० असार २९ गते शुक्रबार । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गर्नुभएको छ ।

एक दिने नेपाल भम्रणका लागि आज यहाँ आइपुग्नुभएका सहायक विदेशमन्त्री लूले सभापति देउवासँग उहाँकै निवासमा भेटवार्ता गर्नु भएको हो । सभापति देउवाले लूसँग नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

राससका अनुसार सो अवसरमा सभापति देउवाले नेपालको शान्ति, प्रजातन्त्र र विकास प्रवर्द्धनमा अमेरिकाको अटल सहयोग रहिआएकोमा आभार व्यक्त गर्नुभयो । सहायक विदेशमन्त्री लूले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नुहुनेछ ।

Facebook Comments