Mon. Apr 29th, 2024

कथा अनि व्यथा !

- डिल्ली कोइराला  

  ✍️ डिल्ली कोइराला                                             काठमाण्डू, २०८० असार २९ गते शुक्रबार ।

 

आयो वाढी र पहिरोकाे कहर।
खायो ज्यान-धन,जीवन रहर।।

उठिबास,सर्वनाश सबै भयो सखाप।
गरीबकै थाप्लोमाथि प्रकृतिको प्रहार।।

ज्युन पनि अति गाह्राे,दु:खी जनलाई।
मर्न पनि नसकिने,साह्रो भयो हाम्लाई।।

कष्टकर अवस्थामा साथ दिने काे छ र साथी।
चुनाव भएको भए लाग्थ्यो लस्कर अनि ताँती।।

Facebook Comments