Fri. May 3rd, 2024

लिबर्टी कलेजका विद्यार्थीहरुले गरे शैक्षिक सामाग्री वितरण

काठमाण्डु, २०८० असार २७ गते बुधबार । काठमाण्डुस्थित लिबर्टी कलेजमा बीबीए तेस्रो सेमेस्टरमा अध्यनरत विद्याथीहरुले श्री ककनी गणेश आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । असार २४ गते आइतबार अन्तरक्रियात्मक तथा नेतृत्व क्षेमता विकाश कार्यक्रम आयोजना गर्दै ति विद्याथीहरुले ककनी गणेश आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराएका हुन् ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै लिबर्टी कलेजका प्राज्ञिक निर्देशक योग कँडेलले विद्यार्थीका लागि नेतृत्व क्षेमताको आवस्यकता माथि प्रकास पार्दै समाज रुपान्तरणमा यसको महत्व निकै व्यापक रहेको बताउनु भयो । उहाँले समाजशास्त्र विषयका प्राध्यापक खगेन्द्र घिमिरेको मार्गदर्शनमा आर्थिक संकलन र लजिस्टिकको व्यवस्था सहितको कार्यक्रम आयोजना गर्न विद्यार्थीहरुको उत्कृष्ट प्रयासको प्रशंसा समेत गर्नु भयो ।

प्राध्यापक घिमिरेले विद्यार्थीहरूलाई समाजसँग सक्रिय रूपमा संलग्न हुन र सामाजिक समस्याहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकताबारे आफ्नो विचार राख्नु भयो । उहाँले विद्यार्थीहरूको शैक्षिक आवश्यकताहरूलाई समर्थन गर्ने र सिकाइ तथा व्यक्तिगत वृद्धिको लागि अनुकूल वातावरणको पक्षपोषण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो । सामाजिक समस्या समाधानमा नवप्रवर्तन र सामूहिक प्रयासको महत्त्वलाई समेत घिमिरेले उजागर गर्नु भयो ।

कार्यक्रममा लिबर्टी कलेजका विद्यार्थीहरूले ककनी गणेश आधारभूत विद्यालयका प्रत्येक विद्यार्थीलाई डायरी, सिसाकलम र अन्य विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरे । कार्यक्रम आयोजना गर्न नेपाल स्काउटले पनि सहयोग गरेको थियो ।

Facebook Comments