Wed. May 15th, 2024

कोरोना भाइरसका कारण इटालीमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४ सय ४१ पुग्यो

दुर्घटना र आपतकालीन विभाग बाहिर स्थापित अस्थायी आपतकालीन संरचनामा सुरक्षा मास्क र गियर लगाएका अस्पतालका कर्मचारीहरू, जहाँ नयाँ कोरोनाभाइरस लक्षण देखा पर्न सक्ने कुनै नयाँ आगमनकर्ताहरू मार्च १ 13, २०२० मा ब्रेस्सिया अस्पताल, लोम्बार्डीमा परीक्षण गरिरहेका छन्। मिगुएल मेदिना / एएफपी द्वारा फोटो) (मिग्एल मेदिना / एएफपी फोटो गेट्टी छविहरू मार्फत)

काठमाडौं, २०७६ चैत २ गते सोमबार

कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट चीनपछि इटालीमा सबैभन्दा धेरै जनाको ज्यान गएको छ ।

इटालीका अधिकारीहरुका अनुसार अहिलेसम्म भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ४१ पुगेको छ । त्यस्तै २१ हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण पाइएको छ ।

सिभिल प्रोटेक्शन डिपार्टमेन्टका अनुसार इटालीमा पछिल्ला दिनमा कोरोनाको सङ्क्रमणमा वृद्धि भएको छ । त्यस्तै ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ ।

सङ्क्रमितमध्ये झण्डै दुई हजार जना उपचारपछि घर फर्किएका छन् । एक हजार पाँच सय जना भाइरसको सङ्क्रमणबाट गम्भीर छन् ।

इटालीका उपस्वास्थ्य मन्त्री पियरपोलो सिलेरीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको थियो । भाइरसबाट इटालीका अधिकारीहरु पनि सङ्क्रमित भएका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिलेसम्म एक सय ५० भन्दा बढी देशमा पुगिसकेको छ । विश्वभरि एक लाख ५९ हजारभन्दा बढीमा सङ्क्रमण पाइएको छ भने झण्डै ७६ हजार जना उपचारपछि घर फर्किएका छन् ।

चीनमा कोरोना भाइरस नियन्त्रणतर्फ जाँदै गर्दा चीनबाहिर फैलिँदै जानु चिन्ताको विषय बनेको छ । सङ्क्रमणबाट बच्न विभिन्न देशले विभिन्न रणनीति अपनाइरहेका छन् । उज्यालो अनलाईनबाट

Facebook Comments