Mon. Apr 29th, 2024

समीर नेपालका दुईवटा कृति विमोचित   

स्रष्टा समीर नेपालद्वारा लिखित उपन्यास ‘वर्षका बिहानीहरु’ र यात्राकथा ‘नबिर्सने यात्रा’ को शुक्रबार आयोजित कार्यक्रमा लोकार्पण गर्दै साहित्यकारद्वय मेघराज शर्मा ‘मञ्जुल’ र एसपी कोइराला । तस्बिर : प्रकाश सिलवाल, रासस

काठमाण्डू, २०८० असार २२ गते शुक्रबार । स्रष्टा समीर नेपालका उपन्यास र यात्राकथा गरी दुई कृति आज विमोचित गरिएको छ ।

ओरिएन्टल प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘वर्षका बिहानीहरू’ र यात्राकथा ‘नबिर्सने यात्रा’ साहित्यकारद्वय मेघराज शर्मा ‘मञ्जुल’ र एसपी कोइरालाले विमोचन गर्नुभयो । भोजपुरको पोखरेमा आजकै दिन जन्मिएर पठित परिवारमा हुर्किएका समीरका दुई दाजु मञ्जुल र प्रदीप नेपाल साहित्यिक क्षेत्रमा स्थापित भइसक्नुभएको छ ।

कार्यक्रममा समीक्षक डा गीता त्रिपाठीले दुवै कृतिले उहाँको साहित्यिक व्यक्तित्व खुलाएको टिप्पणी गर्दै पछिल्लो समयमा नियात्रा विधा लोकप्रिय भएको सन्दर्भमा ‘नबिर्सने यात्रा’को महत्त्व झन् बढेको बताउनुभयो ।

लामो समयदेखि सामाजिक तथा मानवअधिकारका क्षेत्र हुँदै हाल राजनीतिमा सक्रिय स्रष्टा नेपालले साहित्यिक वातावरण घरमै मिलेकाले आफूलाई लेख्न समस्या नभएको बताउनुभयो ।

Facebook Comments