Sun. May 19th, 2024

हालसम्म २७ प्रतिशत रोपाइँ सम्पन्न

काठमाण्डू, २०८० असार २२ गते शुक्रबार । मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ ।

गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।

प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उहाँले बताउनुभयो । विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो ।

Facebook Comments