२०८३ भाद्र १२, शुक्रवार

प्रधानमन्त्री ओली अस्पतालबाट घर फिर्ता

       

काठमाडौं, २०७६ फागुण ३० गते शुक्रबार

मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज हुनुभएको छ ।

त्रिवि शिक्षण अस्पतालमा १२ दिन अघि उहाँ मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुनुभएको थियो । उहाँलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको थियो । १२ वर्ष अघि पप्रधानमन्त्रीको पहिलाे पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्रीको डिस्चार्ज पछि त्रिवि शिक्षण अस्पतालद्वारा जारी विज्ञप्तिमा उहाँ नियमित फलोअपमा आउनु पर्ने र नियमित रुपमा चिकित्सकको निगरानीमा रहनु हुने उल्लेख छ ।

त्यस्तै केही समय पछि उहाँले आवश्यक सर्तकताका साथ आफ्ना नियमित आवश्यक सबै कार्यहरु गर्न सक्नु हुने जनाइएको छ ।

Facebook Comments