Mon. Dec 23rd, 2024

अष्ट्रेलियामा विवाहका पाहुना बोकेको बस दुर्घटना, १० जनाको मृत्यु

ग्रेटा, अस्ट्रेलिया, २०८० जेठ २९ गते सोमबार । अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।

सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आइतबार अबेर राति बायाँपट्टि खसेको र चोकको प्रवेशद्वारमा ठोक्एिपछि फुटपाथमा पल्टिएको थियो ।

दुर्घटनापछि एक दर्जनभन्दा बढी आपतकालीन कामदारहरू घटनास्थलमा पुगेका र उनीहरूले २० जनाभन्दा बढी मानिसहरूे अस्पताल पुर्याईएका थिए ।

एक बिरामीको अवस्था गम्भीर रहेको र अन्य २० जनाको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएको विवाहको तस्बिरमा दुर्घटना हुनुभन्दा केही घण्टाअघि स्थानीय बगैँचाको खाली भागमा भेला भई तस्वीर खिचाएका देख्न सकिन्छ ।

कार्यवाहक सहायक आयुक्त ट्रेसी च्यापम्यानले ५८ वर्षीय बस चालकलाई पक्राउ गर्नुअघि अष्ट्रेलियाली कानुन अनुसार अस्पतालमा लगि ‘परीक्षण’ गरिएको र उहाँलाई नजिकैको सेस्नोक प्रहरी कार्यालयमा हिरासतमा राखिएको बताउनुभएको छ ।

“उनले अनुसन्धानमा सहयोग गरिरहेका छन् र ‘यो चरणमा चालकविद्ध कुनै आरोप लगाइएको छैन,” उहाँले भन्नुभयो ।

“हामी चालकको व्यवहारका सबै तरिकाहरूको अनुसन्धान गरिरहेका छौं । च्यापम्यानका अनुसार दुर्घटनामा परेका केही यात्रुहरू शिशा फोडेर दुर्घटनाग्रस्त बसबाट बाहिर निस्किएका थिए । विवाहमा सहभागी भएका यात्रुहरु आ-आफ्नो आवासतर्फ जाँदै गरेको अनुमान गरिएको च्यापम्यानले बताउनुभयो ।

अन्य कुनै पनि सवारी साधनसँग बस ठोकिएको नभई बसले सन्तुलन गुमाएका कारण दुर्घटना भएको थियो । एएफपी

Facebook Comments