Wed. Dec 25th, 2024

शेयर बजार दोहोरो अंकले वृद्धि

भिओके समाचार/२०७९ चैत १३ गते सोमबार । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । बजार खुलेदेखि नै लगातार घटिरहेको नेप्से कारोबारको अन्तिम समयतिर आएर एक्कासि वृद्धि भएको हो । शेयर बजार आज १७.७० अंकले वृद्धि भएर नेप्से परिसूचक १९०६ विन्दुमा पुगेको छ । कारोबार रकम भने वृद्धि हुन सकेको छैन । अघिल्ला दिनका जस्तै १ अर्ब ३८ करोडकै हाराहारीमा सीमित रहन पुगेको छ ।

आज १२ वटा उपसमूह सूचकहरू बढेका  छन् भने एउटा सूचक घटेको छ । आज विकास बैङ्क सार्वधिक २.२१ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स ०।५१ प्रतिशतले घटेको छ ।

आज ३ वटा कम्पनीको शेयर सकारात्माक सर्किट लेभलमा कारोबार भएका छन् । आज सुपर मादी हाइड्रोपावर, एशियन हाइड्रोपावर लिमिटेड, कालिन्चोक दर्शन लिमिटेडले सकारात्माक सर्किट लेभलमा कारोबार गरेका छन् । आज नेशनल माइक्रोफाइनान्स लघुवित् वित्तीय संस्था लि.ले सबैभन्दा धेरै घाटा बेहोरेको छ । उक्त कम्पनीले आज नकरात्मक सर्किट लेभलमा कारोबार गरेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन डिस्टीलरी शीर्ष स्थानमा रहेको छ। आज उक्त  कम्पनीले ५ करोड ९० लाख ८० हजार ७ सय ६३ रुपैयाँ ५० पैसा बराबरको कारोबार गरेको छ ।

Facebook Comments