Thu. Apr 25th, 2024

दुईवटा ट्रक एकअर्कामा ठोकिँदा तीन जनाको मृत्यु

जनकपुरधाम, २०७९ चैत ११ गते शनिबार । धनुषामा दुईवटा ट्रक एकअर्कामा ठोकिँदा ३ जनाको मृत्यु भएको छ ।

आज बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा दुईवटा ट्रक एकअर्कामा ठोकिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १-०१-००१ ख ९२९२ नम्बरको ट्रक एकअर्कामा ठोकिएर तीन जनाको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो।

उहाँका अनुसार घटनामा सुनसरीका २८ वर्षिय चालक सागर चौधरी, सह चालक अर्जुन चौधरी र मोरङका ४४ वर्षिय लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । सर्लाहीका २० वर्षिय नारायण श्रेष्ठ घाइते हुनुभएको छ । उहाँको उपचार ढल्केवर अस्पतालमा भइरहेको छ ।

Facebook Comments