Sat. May 11th, 2024

पाकिस्तानी दूतावासको झण्डोत्तलन कार्यक्रम सम्पन्न

रमेश हतुवाली/काठमाण्डू २०७९ चैत ९ गते बिहीबार । पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले झण्डोत्तलन कार्यक्रम आयोजना गरेको छ ।

नेपालका लागि कार्यवाहक पाकिस्तानी राजदूत अमाएर अलीले राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा काठमाण्डूस्थित पाकिस्तानी दूतावासमा राष्ट्रिय झण्डा फरफराउनु भएको हो ।

सो अवसरमा कार्यवाहक राजदूत अलीले पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीले दिनुभएको सन्देश पढेर सुनाउनु भयो । झण्डोत्तलन  कार्यक्रमलाई सम्बोधन गर्दै अलीले सन् १९४० मा मुस्लिमहरूले आफू र आफ्ना भावी पुस्ताका लागि छुट्टै गृहभूमि निर्माण गर्ने संकल्प गरेको स्मरण गर्नु भयो । पुर्खाहरूले परिकल्पना गरेको मुस्लिम धर्मावलम्विहरुको मातृभूमि पाकिस्तान बनाउने प्रतिबद्धतालाई पुनः पुष्टी गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा नेपालस्थित पाकिस्तानी समुदायका सदस्य र दूतावासका अधिकारीहरुको सहभागिता रहेको नेपालस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।

Facebook Comments