Sat. Apr 20th, 2024

यस वर्षको घोडेजात्रा फोटो फिचर

- घोडेजात्रा, २०७९

नेपाली सेनाद्वारा मङ्गलबार टुडिखेलमा आयोजित घोडाजात्रा कार्यक्रममा घोडा प्रदर्शन गरिँदै । तस्बिर :चन्द्रकला क्षेत्र/रासस

काठमाण्डू, २०७९ चैत ७ गते मंगलबार । नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ ।त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो । समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र शो-जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गर्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित घोडाजात्रा कार्यक्रममा नेपाली सेनाको टुकडीले प्रदान गरेको सालामी ग्रहण गर्नुहुँदै । तस्बिर : चन्द्रकला क्षेत्र/रासस
नेपाली सेनाद्वारा मङ्गलबार टुडिखेलमा आयोजित घोडाजात्रा कार्यक्रममा घोडा दौड प्रतियोगिता गरिँदै । तस्बिर : चन्द्रकला क्षेत्र/रासस
राष्ट्रपति रामचन्द्र पौडेललाई मङ्गलबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित घोडाजात्रा कार्यक्रममा स्वागत गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायत । तस्बिर : चन्द्रकला क्षेत्र/रासस
नेपाली सेनाद्वारा मङ्गलबार टुँडिखेलमा आयोजित घोडाजात्रा कार्यक्रम अवलोकन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : चन्द्रकला क्षेत्र/रासस
Facebook Comments