Fri. Apr 26th, 2024

गैँडाको आक्रमणबाट महिलाको मृत्यु   

कावासोती, २०७९ चैत ८ गते बुधबार । पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । देवचुलीमा रहेको महाराजा सामुदायिक वनमा घाँस काट्न हिँड्नुभएकी देवचुली नगरपालिका–१० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीया दरिमा थापामगरलाई दिउँसो २ बजेतिर गैँडाले आक्रमण गरेको देवचुली-१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीमगरले जानकारी दिनुभयो ।

अध्यक्ष घर्तीका अनुसार थापालाई पृथ्वीनगर खेल मैदान नजिकै रहेको घाँसे मैदानमा घाँस काट्न जाने क्रममा गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट घाइते हुनुभएकी थापाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वडाअध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो । रासस

Facebook Comments