Sat. Apr 20th, 2024

राष्ट्रपति पौडेल र राजदूत छन सोङबीच शिष्टाचार भेट   

काठमाण्डू, २०७९ चैत ८ गते बुधबार । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार राष्ट्रपति कार्यालय महाराजगञ्जमा शिष्टाचार भेट गर्नुहुँदै नेपालका लागि चीनका राजदूत छन् सोङ्‌ । तस्बिर सौजन्य:राष्ट्रपतिको कार्यलय/रासस

महाराजगञ्जस्थित राष्ट्रपति भवनमा भएको भेटका क्रममा उहाँहरूबीच दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Facebook Comments