Sat. Apr 20th, 2024

नेपाल-पाकिस्तान मैत्रिपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको उपाधी पल्सर पीसीपीलाई

काठमाण्डू, २०७९ चैत ४ गते शनिबार । नेपालका लागि कार्यवाहक पाकिस्तानी राजदूत उमाएर अलीले खेलकूदले नेपाल पाकिस्तानबीचको सम्वन्ध बलियो बनाएको बताउनु भएको छ ।

पाकिस्तानी राजदूतावासको आयोजनामा आज सम्पन्न नेपाल-पाकिस्तान मैत्रिपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको पुरस्कार वितरण समहारोहमा बेल्दै कार्यवाहक राजदूत अलीले खेलकुदको माध्यमले विभिन्न समुदायका माजिसहरुलाई एकलावद्ध गर्न र सुमधुर सम्बन्ध स्थापीत गर्ने बताउनु भएको हो । उहाँले नेपाल पाकिस्तान मैत्रिपूर्ण क्रिकेट प्रतियोगिताले दुई देशबीचको सम्बन्ध बलियो पार्ने बताउनु भयो ।

नेपाल-पाकिस्तान मैत्रिपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको उपाधी पल्सर पीसीपीले जितेको छ । पाकिस्तानी राजदूतावासको क्रिकेट मैदान शंख पार्कमा आज सम्पन्न फाइनल खेलमा पल्सरले पाकिस्तानी राजदूतावासलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । पाकिस्तानी राजदूतावासले दिएको १ सय १५ रनको लक्ष्य पल्सरले १५ औं ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । पल्सरका लागी सचिन लेखकले ५० रनको अविजित अर्धशतकीय इनिङ खेल्नु भयो । सन्दीप विष्टले ३७ रन जोड्नु भयो । पाकिस्तानी राजदूतावासका लागि सुसान्त सिंहले ३ विकेट लिनु भयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानी राजदूतावाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रनको योगफल तयार पारेको थियो । उसका लागी नीविन तामाङले ३२ रन र आयुस खड्काले २४ रन बनाउनु भयो ।पल्सरका लागि कप्तान अभिनास बस्यालले ५ विकेट लिनु भयो ।

कार्यक्रममा चीन, कतार, बंगलादेश र श्रीलंकाका राजदूत र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments