Tue. Apr 23rd, 2024

“न्यायको मार्गमा विक्रितिका काँडाहरु पुस्तक” लोकापर्ण गरिँदै

भिओके समाचार/काठमाण्डू, २०७९ चैत ३ गते शुक्रबार । कानूनी परामर्शको क्षेत्रमा झण्डै तीन दशक लामो अनुभव हासिल गर्नुसक्नु भएका अधिवक्ता पेशलकुमार न्यौपानेको नयाँ पुस्तक “न्यायको मार्गमा विक्रितिका काँडाहरु” आज लोकापर्ण हुँदैछ ।

नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको अध्यक्षता र नेपाली कानूनी क्षेत्रका भिष्मपितामह वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीको प्रमुख अतिथ्यतामा सो पुस्तक लोकापर्ण गर्ने कार्यक्रम रहेको पुस्तकका लेखक अधिवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

काठमाण्डू रामशाह पथस्थित नेपाल बार एशोसिएशनको सभाहलमा आज दिउसो ३ बजे एक समारोहबीच सो पुस्तकको लोकपर्ण गर्ने कार्यक्रम रहेको छ । न्यौपानेका यसअघि नै तीनवटा पुस्तकहरु लोकापर्ण भैसकेका छन् ।

विराटनगरलाई कर्मथलो बनाएर कानूनी क्षेत्रमा लागिरहनु भएका अधिवक्ता न्यौपाने कर्तव्यनिष्ट र सरल स्वभावका व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।

Facebook Comments